०५ असार २०८३, शुक्रबार

काठमाडौं र भक्तपुरका यी स्थानहरूमा आज दिउँसो बत्ती नआउने [सूचीसहित]

काठमाडौं र भक्तपुरका यी स्थानहरूमा आज दिउँसो बत्ती नआउने [सूचीसहित]

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुँदैछ । 

नेपाल विद्युत प्राधिकरणले शनिवार सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र, चावहिल सब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुल लगायतका स्थानमा शनिवार दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत प्रवाह रोकिनेछ । 

यस्तै साँखु फीडर र सल्लाघारी फीडर भएर प्रवाह हुने विद्युत आपूर्ति पनि रोकिने प्राधिकरणले जनाएको छ । 

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्