१७ असार २०८३, बुधबार

दक्षिणी पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ ब्यक्तिको मृत्यु

असार ५, २०७८
दक्षिणी पेरूमा बस दुर्घटनामा परी कम्तिमा २७ ब्यक्तिको मृत्यु

दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । 

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।

 राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ । 

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा ग्र्य घाइतेहरूलाई उद्धार गर ि नजिकैको नास्काको अस्पताल लगिएको छ ।

पेरुको प्रहरले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्