पहिरो र बाढीको अझै जोखिम छ- हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम  रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण  वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको  छ ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्