०५ असार २०८३, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

साताको पहिलो दिन आइतवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन छापावाल सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतवार तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको  छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्