
अस्ट्रेलियाको भिक्टोरियामा रहेको गिप्सल्यान्ड क्षेत्रमा अविरल वर्षा रोकिएपछि माकुराहरूले विशाल जालो बनाएका छन् ।
एक ठाउँमा माकुराको जालोले सडकमा एक किलोमिटरभन्दा बढी क्षेत्र ढाकेको छ ।
विज्ञहरूका अनुसार, यसलाई अंग्रेजीमा बलूनिङ भनिन्छ । यसमा माकुराहरूले जालो फ्याँकेर अग्लो ठाउँमा चढ्ने गर्छन् ।
कीटपतंगविद् डा केन वाकरका अनुसार, लाखौं माकुराहरूले वरपरका रुखहरूमा जालो फ्याँकेको हुनुपर्छ ।
‘
भुइँमा बस्ने माकुराहरू जमीनबाट छिटो माथि उठ्नुपर्ने हुन्छ । उनीहरूको जालो रुखबिरुवा टाँसिन्छ र उनीहरू भाग्न सफल हुन्छन्,’ उनले बताए ।
यसले गर्दा सेल र लंगफोर्ड शहरका बीचका रामसार क्षेत्रमा माकुराका विशाल जालो बनेका छन् ।
Beautiful or spooky?
— Al Jazeera English (@AJEnglish) June 19, 2021
Giant spider webs blanket Australia's Victoria after heavy rain and flooding hit the region 👇 pic.twitter.com/CrZCp6qB6Y