०१ असार २०८३, सोमबार

मौसमी खराबीले चामेमै रोकियो सेनाको हेलिकप्टर

असार ६, २०७८
मौसमी खराबीले चामेमै रोकियो सेनाको हेलिकप्टर
प्रतिकात्मक तस्वीर

मनाङका बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएका कारण सदरमुकाम चामेमै रोकिएको छ ।

विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । 

मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो ।

मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ । 

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याट लगायतका राहत सामग्री ल्याइएको जनाएको छ ।

गत मंगलवार मनाङका विभिन्न स्थानमा भीषण वर्षापछि बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्