०८ साउन २०८३, शुक्रबार

तत्काल पार्टीको महाधिवेशन गर्नुपर्छः कमल थापा

तत्काल पार्टीको महाधिवेशन गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणको सवाल उठिरहेको बेला थापाले यस्तो बताएका हुन् । तर उनले नेतृत्वमा आफ्नो दावेदारीबारे भने केही खुलाएका छैनन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ ।
स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ।’

उनले जनताले विकल्प खोजिरहेको  त्यो विकल्प दिन सक्ने क्षमता राप्रपासँग मात्रै रहेको दावी समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्