
असार १ गते सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति भयो । अहिले विस्तारै मेलम्ची शान्त त भएको त बाढीपिडितको समस्या भने ज्यूँकात्यूँ रहेको छ ।
बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा ठूलो जनधनको क्षति भएको थियो ।
असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो गएको र त्यसपछि आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको हो।
पत्रकार आदित्य दाहालले हेलम्बुको तलामाराङ, ग्यालथुम, चनौटे क्षेत्रमा खिचेका १५ तस्बिर हेर्नुहोस्ः













