१० असार २०८३, बुधबार

एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

एनएमबि बैंंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ ।

बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा राहत सामाग्री वितरण गरिएको बैंकले जनाएको छ । 

राहत सामाग्रीमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो ।

अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नावालक सहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागी एनएमबीले काठमाडौं ल्याएको थियो । उद्धार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्धराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्