०६ असार २०८३, शनिबार

हातमुख जोर्नै गाह्रो भएपछि देउराली यातायातले व्यवसायी र मजदुरलाई दियो ७३ लाख राहत

हातमुख जोर्नै गाह्रो भएपछि देउराली यातायातले व्यवसायी र मजदुरलाई दियो ७३ लाख राहत

अर्घाखाँचीको देउराली यातायात प्रालिले गाडी धनी र चालकलाई राहत स्वरुप ७३ लाख रुपैयाँ वितरण गरेको छ । कोरोना महामारीपछि थला परेका यातायात व्यवसायी, चालक, सहचालक र कर्मचारीलाई एकमुष्ट रुपमा उक्त रकम दिएको हो । 

गाडी धनीलाई ४३ हजार, चालक र कर्मचारीलाई पाँच/पाँच हजार र  सहचालकलाई २ हजार रुपैयाँका दरले उपलब्ध गराइएको रकम बितरण हुने प्रालिका अध्यक्ष गोविन्द बञ्जाडेले लोकान्तरलाई जानकारी दिए । गत वर्ष पनि प्रालिले ८० लाख रुपैयाँ व्यवसायीलाई वितरण गरेको थियो । 
 

समितिमा १६० गाडी आवद्ध रहेका छन् । महामारीले यातायात क्षेत्र थला परेको छ । ‘मजदुरलाई हातमुख जोर्न पनि गाह्रो भयो । अब राज्यले सुरक्षा मापदण्ड पालना गराउँदै यातायात क्षेत्र पनि खुलाउनको विकल्प छैन’ अध्यक्ष बञ्जाडेले भने । 

salt training

कमेन्ट गर्नुहोस्