०१ असार २०८३, सोमबार

वृद्ध भत्ताको ५३ लाख हराएको वडामा कांग्रेसद्वारा तालाबन्दी

वृद्ध भत्ताको ५३ लाख हराएको वडामा कांग्रेसद्वारा तालाबन्दी

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ हराएको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ ।

घटनाको छानबिन गरी दोषी पत्ता लगाउन र रोकिएको भत्ता तत्काल वितरण गर्न माग गर्दै कांग्रेसले तालाबन्दी गरेको हो ।

हराएको पैसा तुरुन्त खोजी भत्ता वितरणको ग्यारेन्टी नभएसम्म तालाबन्दी नखुल्ने कांग्रेसले जनाएको छ ।

वडा नम्बर २ का ६ सय ३८ जनालाई वितरण गर्नुपर्ने भत्ताको रकम गत चैत २३ गतेदेखि हराइरहेको छ ।

कार्यालयको दराजबाटै हराएको भनिएको रकम अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

पढ्नुहोस्, यो पनि :

नुवाकोटमा भत्ताको ५३ लाख ३ महिनादेखि दराजबाटै गायब- अनुसन्धान प्रभावित पार्न गृहसचिवकै फोन !
 

salt training

कमेन्ट गर्नुहोस्