०१ असार २०८३, सोमबार

अमेरिकाको जलसेनाले आफ्नै विमानवाहक युद्धपोतमा गरायो बम विस्फोट, कारण यस्तो (भिडियो)

असार ७, २०७८
अमेरिकाको जलसेनाले आफ्नै विमानवाहक युद्धपोतमा गरायो बम विस्फोट, कारण यस्तो (भिडियो)

अमेरिकाको जलसेनाले आफ्नो सबभन्दा नयाँ तथा विकसित विमानवाहक युद्धपोतमा विस्फोट गराएको छ । 

उक्त युद्धपोत युद्धका लागि तयार छ कि छैन भनी जाँच्नका लागि विस्फोट गरिएको हो । त्यसलाई फुल शिप शक ट्रायल्स नाम दिइएको छ ।

पहिलो विस्फोट शुक्रवार गरिएको हो । आन्ध्र महासागरमा फ्लोरिडाबाट केही पर १८ हजार १४४ किलोको विस्फोट गराइएको हो । 

अमेरिकाको भौगर्भिक सर्वेक्षणका अनुसार, विस्फोटका कारण ३.९ म्याग्निट्युडको भूकम्प गएको छ । 

अमेरिकी जलसेनाले युद्धको कठोर परिस्थितिमा मिसनको आवश्यकता पूरा गर्न नयाँ जहाजहरूले सक्छन् कि सक्दैनन् भन्ने थाहा पाउन परीक्षणहरू गरेको भनी बयान जारी गरेको छ । 

यी परीक्षणहरूपछि युद्धपोत मर्मत सम्भार गरिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्