२२ असार २०८३, सोमबार

बोर्डको विज्ञप्तिको असर शेयर बजारमा कायमै, नेप्से ७१ अंकले घट्यो

बोर्डको विज्ञप्तिको असर शेयर बजारमा कायमै, नेप्से ७१ अंकले घट्यो

नेपाल धितोपत्र बोर्डको एउटा विज्ञप्तिको असर शेयर बजारमा कायमै रहेको छ । 

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा सीमित भएको छ ।

यस दिन २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ कायम भएको छ ।

यस दिन  २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ५.१८ प्रतिशत, जलविद्युत् ५.२ प्रतिशत, विकास बैंक ४.६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशतले घटेको छ ।

अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नारायणी विकास बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्