०४ असार २०८३, बिहीबार

एउटा मानिसको मुखमा २३२ दाँत, डाक्टरले शल्यक्रिया गरेर निकाले

कात्तिक २०, २०७४
एउटा मानिसको मुखमा २३२ दाँत, डाक्टरले शल्यक्रिया गरेर निकाले

एउटा मानिसको मुखमा बढिमा कतिवटा दाँत हुनुपर्ने हो ? पक्कै पनि ३२ वटा । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी छन् ।

आशिक गावल नामका ती किशोरको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो ।

निकै पीडाबाट गुज्रिरहेका ती किशोर सुन्निएका गिँजा लिएर गाउँबाट मुम्बई आएर अस्पतालमा भर्ना भएका थिए ।


कम्प्लेक्स कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोगबाट ग्रसित ती बालकको शल्येक्रिया गरिएको हो । डाक्टरहरुका अनुसार यो रोग एक प्रकारको क्यान्सरको अंकुरण जस्तै हो । जहाँ एउटै गिजामा धेरै संख्यामा दाँतहरु पलाउँछन् ।

डाक्टरहरुले शल्यक्रियाको बेला गिजा फुटाएर दाँत निकाल्दा मोति आकारका दाँतहरु एक पछि अर्को गर्दै बाहिर देखिएका थिए ।

अस्पतालका डाक्टरहरुले मानिसको मुखबाट यतिधेरै संख्यामा दाँत निकालिएको यो विश्वकै पहिलो रेकर्ड भएको दाबी गरेका छन् ।

अब छिटै उनका गिजाहरु निको हुने र बाँकी रहेका दाँतहरु कामलाग्ने अवस्थामा आउने डाक्टरहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्