३१ असार २०८३, बुधबार

कतारलाई एक्ल्याउनुमा साउदी अरबको के स्वार्थ छ ?

कात्तिक २०, २०७४
कतारलाई एक्ल्याउनुमा साउदी अरबको के स्वार्थ छ ?

काठमाडौं, २३ जेठ — साउदी अरबले कतारसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेर आफूभन्दा सानो र धनी देशमाथि कब्जा जमाउँदै त्यहाँको सम्पत्ति हात पार्नका लागि भूमिका बनाएको हो भनी इन्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले बताएका छन् ।


‘कतारमाथि अब आक्रमण हुन्छ । कतारी सिमानानजिक साउदीले सैन्य गतिविधि चलाइरहेको सूचना मैले पाएको छु,’ अल–अहमदले सोमवार बताए । ‘साउदीहरू युद्धको तयारी गर्दैछन् ।’

सोचेभन्दा निकै अगावै कतारमाथि पूर्ण आक्रमण हुनसक्ने अल–अहमदले चेतावनी दिएका छन् ।

‘यमनमाथि बम आक्रमणको आवृत्ति हेर्नुस् । यमनका विद्रोहीहरूमाथि साउदी अरबले आक्रमण बन्द ग–यो वा घटायो भने कतारविरुद्ध आक्रमणको तयारी गरेको भनी बुझ्नुपर्छ,’ उनले भने ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री रेक्स टिलरसनले साउदी राजपरिवारसँग निकट सम्बन्ध कायम राखेका छन् र उनीहरूले कतारमाथि साउदी आक्रमणलाई समर्थन गर्नेछन्, अल–अहमदले दाबी गरे ।

‘ट्रम्पले साउदीहरूले गर्ने आक्रमणप्रति कुनै आपत्ति नउठाउने बताइसकेका छन् भन्न सक्छु,’ उनले बताए ।
साउदीले कतारमाथि आक्रमण गरेमा इजिप्ट र युएई अनि विशेषगरी बहराइनले पूर्ण समर्थन गर्ने अल–अहमदको भनाइ छ ।

‘साउदीहरू कतारीसँग बेस्सरी रिसाएका छन् । साउदीहरूले यमनलाई कहिल्यै स्वतन्त्र हुन दिने छैनन् । बहराइन कतारसँग घृणा गर्छ,’ उनले भने ।

‘साउदी अरबका नेताहरू कतारलाई रियादको नोकर बनाउन चाहन्छन्, अहिलेको यमन सरकार जस्तो,’ उनले भने ।

‘साउदीहरूको दुईवटा लक्ष्य छ : पहिलो, कतारलाई आफ्नो दास बनाउने । यसमा उनीहरू कुनै तलमाथि गर्ने छैनन् । दोस्रो, साउदीहरूको आँखा कतारको अकूत सम्पत्तिमा गडेको छ । उनीहरूलाई त्यो पैसा चाहिएको छ ।’

डोनल्ड ट्रम्पले साउदीहरूलाई सुरक्षा चाहिने भए अमेरिकालाई उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो रकम दिनुपर्ने प्रस्ट पारेका छन् जसले गर्दा उनीहरूमा ठूलो वित्तीय भार परेको अल–अहमदको निष्कर्ष छ ।

‘साउदीहरूलाई अहिले जसरी भएपनि पैसा जम्मा गर्नु छ । अझ त्यसमाथि ट्रम्पले उनीहरूमाथि आर्थिक भार थोपरिदिएका छन् । उनीहरूको पैसा सकिँदै गएको छ र टन्न क्याश तत्कालै आवश्यक छ,’ उनले भने ।

कतारको नेतृत्व आफूहरूप्रति पूर्ण बफादार हुनुपर्ने अपेक्षा साउदी अरबले राखेको अल–अहमद निष्कर्ष निकाल्छन् ।

स्पुतनिक न्युजबाट

salt training

कमेन्ट गर्नुहोस्