१२ असार २०८३, शुक्रबार

अध्यादेश स्वीकृत

अध्यादेश स्वीकृत

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले बैठकमा उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सरकारले छोटो प्रक्रिया अपनाइ आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्न उक्त अध्यादेश ल्याएको हो ।

अध्यादेश जारी भइसकेपछि बसेको पहिलो बैठकमा अध्यादेश टेबुल गर्नुपर्ने संवैधानिक व्यवस्था छ तर सरकारले ढिलो गरी सदनमा अध्यादेश पेश गरेकोे थियो ।

प्रदेशसभा सो अध्यादेश,नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीको प्रकृया नपु¥याइ असंवैधानिक ढङ्गले बजेट कार्यक्रम ल्याइएको भन्दै प्रतिपक्षी दलले विरोध जनाएका थिए ।
 आजको बैठकमा आब २०७८/०७९ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्तावलाई पनि स्वीकृत गरिएको छ ।
 उक्त विधेयकमाथि भएको छलफलमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदी,वीरमान चौधरी र भरत बहादुर खड्काले भाग लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्