०५ असार २०८३, शुक्रबार

ओलीले भने, ‘भारतसँगको क्रिकेट खेलमा श्रीलंकालाई जस्तै भरतपुरमा देवीलाई विजयी घोषणा गरिनुपर्छ’

कात्तिक २०, २०७४
ओलीले भने, ‘भारतसँगको क्रिकेट खेलमा श्रीलंकालाई जस्तै भरतपुरमा देवीलाई विजयी घोषणा गरिनुपर्छ’

काठमाडौं, २३ जेठ— चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएकोबारे मंगलवार संसद्को बैठकमा सम्बोधन गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत र श्रीलंकाबीचको क्रिकेट म्याचको उदाहरण पेश गरेका छन् ।

कोलकाताको क्रिकेट मैदानमा सन् १९९६ को विश्वकपको सेमिफाइनल प्रतिस्पर्धामा श्रीलंकाले भारतलाई २ सय ५२ रनको लक्ष्य दिएकोमा भारतले आठ विकेटको क्षतिमा १२० रन बनाउँदै गर्दा घरेलु दर्शकले होहल्ला गरेर अनि बोतलहरू फ्याँकेर खेल अघि बढ्न दिएका थिएनन् । तर घरेलु मैदानमा श्रीलंकालाई अवरोध गरेपछि श्रीलंकालाई विजेता घोषित गरेपछि ऊ फाइनलमा प्रवेश गरेको उदाहरण ओलीले संसदमा सुनाए ।

भारत र श्रीलंकाको क्रिकेट म्याचको उदाहरण दिँदै ओलीले हार स्वीकार गरेर मतपत्र च्यातेपछि एमाले उम्मेदवारलाई विजयी घोषणा गर्नुपर्ने बताए । ओलीले केही समयपहिले स्ववियु चुनावमा कैलालीमा मतपत्र च्यातिएकोमा च्यातिएका मतपत्रलाई बदर गरेर पुनः मतगणना गरिएको स्मरण गरे ।

अध्यक्ष ओलीले चितवनको भरतपुरमा मतपत्र च्यातिएको विषयमा जवाफ माग्दा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई थाहा छैन भनेर जवाफ दिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्