११ असार २०८३, बिहीबार

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट १ लाख रुपैयाँ जरिवाना

असार १४, २०७८
निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट १ लाख रुपैयाँ जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनबाट प्रहरीले १ लाख २८ हजार ६०० रुपैयाँ जरिवाना गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, २ मोटरसाइकल तथा २४ चारपांग्रे सवारीसाधनलाई कारबाही गरी जरिवाना असुल गरिएको हो ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा २१(२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै स्थानीय प्रशासनले असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ । 

सार्वजनिक सवारीसाधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्लाभर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । 

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्