
काठमाडौं, २३ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा मत पत्र च्यातिएको विषयमा मुख खोलेका छन् । मंगलवार संसदमा एमाले अध्यक्ष केपी ओलीले जवाफ मागेपछि देउवाले संबिधान अनुसारनै निर्वाचन आयोग बनाइएको बताए ।
उनले निर्वाचनका विषयमा कांग्रेसले निर्वाचन आयोगको निर्णय मान्न तयार रहेको बताए । साथै देउवाले यो विषय अदालत प्रवेश गरिसकेकोले अदालतको निर्णय नै अन्तिम हुने समेत बताए ।
प्रधानन्यायाधीशलाई लगाइएको महाअभियोगको विषयमा चाहिँ देउवाले बोलेनन् ।