०७ असार २०८३, आइतबार

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारसम्म रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले बहस गरेका थिए ।

सोमवार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूआत गरेका छन् । महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ ।

वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बहस गर्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएपछि देउवासहित सांसदले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्