
नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
यस दिन छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।