११ असार २०८३, बिहीबार

भारतले कश्मीरका विषयमा नयाँ योजना ल्याएपछि पाकिस्तान आक्रोशित

असार १४, २०७८
भारतले कश्मीरका विषयमा नयाँ योजना ल्याएपछि पाकिस्तान आक्रोशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक गरेर कश्मीरको विकासको रोडम्याप बनाउने तयारी गरेपछि पाकिस्तान आक्रोशित बनेको छ । 

यससँगै जम्मु कश्मीरमा आतंकवादी आक्रमणहरू बढेका छन् । सीआईडी इन्स्पेक्टर दारको हत्या, सीआरपीएफको जत्थामा गोलीकाण्ड, जम्मुको वायुसेनाको एयरफील्डमा ड्रोन आक्रमण र अवन्तीपुरामा पूर्व एसपीओको हत्या सबै त्यसका परिणाम हुन् । 

भारतका रक्षामन्त्री राजनाथ सिंह लद्दाखको भ्रमणमा छन् । उनले पाकिस्तानको नाम नलिइकनै कडा सन्देश दिएका छन् । 

उनले भने, ‘भारत शान्तिको पुजारी हो तर शस्त्र धारण गर्न डराउँदैन । कसैले पनि हामीमाथि आँखा उठाएमा हामी मुखभरिको जवाफ दिन्छौं । छिमेकीहरूसँग मिलेर समाधान निकाल्न सकिन्छ । कसैले आक्रामक व्यवहार देखाएमा भारतीय सैनिकले जवाफ फर्काउनेछन् । तयारीबाट म सन्तुष्ट छु ।’

गत बिहीवार कश्मीरी नेताहरूसँग गरिएको बैठकले पाकिस्तानलाई विचलित बनाएको देखिन्छ । त्यस बैठकपछि कश्मीर भारतमा थप जोडिने देखिएपछि आतंकवादीहरू सक्रिय भएको र आधुनिक हतियारले भारतलाई तारो बनाइरहेको भारतीय विश्लेषकहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्