०५ असार २०८३, शुक्रबार

हालसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?

हालसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको साधारण शेयर (आईपीओ)मा १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् ।

जसअनुसार हालसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ।

कम्पनीले जम्मा १९ लाख ७७ हजार ३०० कित्ता मात्र शेयर जारी गरेको हो।

यसमध्ये पनि ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले पाउँछन्।

कम्पनीको शेयर मा १५ गतेसम्म आवेदन दिने समय छ। 

salt training

कमेन्ट गर्नुहोस्