३१ जेठ २०८३, आइतबार

नेपाल प्रहरीका डीआईजी सहकूल थापा एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी सहकूल थापा एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी सहकूल थापा एआईजीमा बढुवा सिफारिस भएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआईजीमा सिफारिस गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिको निर्णय अनुसार मन्त्रिपरिषद्ले थापालाई सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ ।

थापा प्रहरी मुख्यालयमा कार्यरत रहेका छन् । हालै मन्त्रिपरिषद् बैठकले प्रहरीमा एआईजी पद थपेको थियो ।

नेपाल प्रहरीमा अब प्रशासनिकतर्फ ४ वटा एआईजी हुने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्