०१ असार २०८३, सोमबार

सिरियाको रक्कालाई आईएसको कब्जाबाट मुक्त गर्न युद्ध जारी

कात्तिक २०, २०७४
सिरियाको रक्कालाई आईएसको कब्जाबाट मुक्त गर्न युद्ध जारी

काठमाडौं, २३ जेठ — अमेरिकाको समर्थन पाएका कुर्दिश र अरब लडाकुहरूले आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको सिरियाली शहर रक्कामाथि नियन्त्रणका लागि आक्रमण शुरु गरेका छन् ।


सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) का प्रवक्ताहरूले सोमवारदेखि आक्रमण शुरु भएको बताए । अनेकौं क्षेत्रबाट सुरक्षाबलहरू शहरमा अघि बढिरहेको उनीहरू बताउँछन् ।

रक्काको पूर्वी भाग र उत्तरी इलाकाको एक सैन्य आधारइलाकामा भिडन्त भएको एक निरीक्षण समूहले जानकारी दियो ।

अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेर सहायता गरिरहेको उसले बतायो ।

एसडीएफले आफू सिरियाली राष्ट्रपति बशर अल–असद वा उनलाई हटाउन चाहने विद्रोही समूहसँग सम्बन्धित नरहेको बताएको छ र उसले आईएसलाई विगत एक वर्षयता उत्तरी सिरियाको ६ हजार वर्गकिलोमिटर क्षेत्रबाट लखेटेको बताएको छ ।

आईएसले सन् २०१४ को शुरुवातमा रक्कामाथि कब्जा जमाएको थियो । ६ वर्ष लामो गृहयुद्धमा विद्रोहीहरूको हातमा परेको यो पहिलो सिरियाली प्रान्तीय राजधानी थियो ।

आईएसले रक्कालाई आफ्नो वस्तुगत राजधानीका रूपमा स्थापना गर्दै मुसलमानी कानूनको कठोर व्याख्यालाई कार्यान्वयन गरेको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्