
नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।