१२ साउन २०८३, मंगलबार

शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित

कात्तिक २०, २०७४
शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित


काठमाडौं, २३ जेठ– नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसद्का ३ सय ८८ सांसदको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्रीमा चुनिएका हुन् । प्रधानमन्त्री देउवाको विपक्षमा १ सय ७० मत परेका थिए । 

व्यवस्थापिका संसद्को मंगलवार बसेको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले देउवा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरेकी हुन् । माओवादी केन्द्र, राप्रपा, राजपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम लगायत दलका सांसदको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष  तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न प्रस्ताव राखेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार लगायतले देउवालाई समर्थन गरेका थिए ।


पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक २०५८ र तेस्रोपटक २०६१ मा प्रधानमन्त्री वनेका थिए । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने संसदमा देउवाको विपक्षमा भोट हालेको थियो ।


salt training

कमेन्ट गर्नुहोस्