२५ जेठ २०८३, सोमबार

अफगानिस्तानमा तालिबान हावी हुँदै जाँदा चिन्तित छ पाकिस्तान

असार १५, २०७८
अफगानिस्तानमा तालिबान हावी हुँदै जाँदा चिन्तित छ पाकिस्तान

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदै गर्दा तालिबानको प्रभाव बढिरहेको छ । 

विगत केही हप्तामा अफगानिस्तानका कैयौं जिल्लामा तालिबानले कब्जा गरेको छ । यस विषयमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता जनाएको छ । 

अमेरिकी सेना गत मे १ बाट नै क्रमशः अफगानिस्तानबाट निस्कन थालेदेखि नै तालिबानले सरकारी सेनाविरुद्ध अभियान चर्काएको थियो । 

तर तालिबानको प्रभाव बढ्दै जाँदा पाकिस्तान चिन्तित बनेको छ । 

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले अमेरिकी सेना गएपछि अफगानिस्तानमा हिंसा चर्केछ भने पाकिस्तानले सीमा बन्द गरिदिने बताए । 

पाकिस्तानले पहिले नै ३५ लाख अफगानीलाई शरण दिइसकेको र थप शरणार्थी नलिने उनले बताए । 

पाकिस्तानका गृहमन्त्री शेख रशीदले पनि अफगान तालिबानसँग पाकिस्तानी तालिबान बलियो बन्दा चिन्ताको स्थिति आएको बताए । 

तहरीक–ए–तालिबान र अन्य तत्त्वहरूलाई पाकिस्तानीहरूको जिन्दगी र सम्पत्तिलाई हानि गर्ने अनुमति तालिबानले नदिने आशा आफूहरूले गरेको उनले बताए । 
 

तालिबानसँग निकट सम्बन्ध रहेको पाकिस्तानले नै यस्तो चिन्ता लिएको देख्दा आश्चर्य लाग्छ । 

अफगान सरकार र अन्य पक्षहरूबीच कुराकानी शुरू गर्नका लागि तालिबानलाई मनाउन पाकिस्तानले नै मध्यस्थको भूमिका निर्वाह गरेको थियो । अफगान तालिबानसँग पाकिस्तानको राम्रो सम्बन्ध रहिआएको छ । 

अफगानिस्तानको बहालवाला सरकारसँग पाकिस्तानको दूरी तालिबान सत्तामा आएपछि कम हुन सक्छ । 

सन् १९९६ मा तालिबानले अफगानिस्तानमा सरकार बनाउँदा संसारका तीन देशले मात्र मान्यता दिएका थिए । तिनमा एक पाकिस्तान थियो । 

तर तालिबानको प्रभुत्व बढ्दै जाँदा पाकिस्तानसामु नयाँ चुनौतीहरू तेर्सिएका थिए । 

सुरक्षाका साथै आर्थिक स्तरमा पनि यी चुनौतीहरू पाकिस्तानका लागि चिन्ताको विषय बन्नेछन् । 
 

तहरीक एक तालिबान अर्थात् पाकिस्तानी तालिबानले पनि पाकिस्तानलाई चिन्तित तुल्याएको छ । 

उक्त संगठनले पाकिस्तानमा शरियामा आधारित कट्टरपन्थी इस्लामी शासन कायम गर्न खोजेको छ । यस संगठनको स्थापना सन् २००७ को डिसेम्बर महिनामा १३ वटा उग्रवादी गुट मिलेर गरेका थिए । 

पाकिस्तानी तालिबानले त्यहाँको सेनासँग पनि टक्कर लिने गरेको छ । संगठनको प्रभावक्षेत्रमा गश्ती गरिरहेका एक प्रहरीलाई नराम्ररी कुटपिट गरिएको खबर पनि सार्वजनिक भएको थियो । 

यही उग्रवादी संगठनले सन् २०१४ मा पेशावरमा एक सैनिक विद्यालयमा गोलीकाण्ड मच्चाउँदा लगभग २०० बालबालिकाको ज्यान गएको छ । 

पाकिस्तान अफगानिस्तान सीमामा रहेका क्षेत्रमा यस संगठनको दह्रो प्रभाव छ ।

अफगान तालिबान बलियो भएमा पाकिस्तान तालिबानको पनि हौसला बढ्ने पाकिस्तानको चिन्ता छ । उनीहरू सरकारविरुद्ध सक्रिय हुन सक्ने चिन्ता हो ।

salt training

कमेन्ट गर्नुहोस्