२५ जेठ २०८३, सोमबार

नेविसंघका नेता कुँवरको पहलमा स्वास्थ्य सामग्री सहयोग

नेविसंघका नेता कुँवरको पहलमा स्वास्थ्य सामग्री सहयोग

नेपाल विद्यार्थी संघ (नेविसंघ) अछामका नेता तथा विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य रमेश कुँवरको पहलमा अछामको बुढाकोट स्वास्थ चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

साँफेबगर नगरपालिका–९ का वडाध्यक्ष ध्रुब थापाको रोहवरमा स्वास्थ्य चौकीका ईन्चार्ज नरेश रावतलाई स्वास्थ सामग्री प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कुँवरले सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताए । वडाध्यक्ष ध्रुव थापाले सबैको समन्वय र सहयोगको खाँचो भएको भन्दै नेता कुँवर धन्यवादका पात्र रहेको बताए ।

स्वास्थ्य सामग्री हेल्थ नेपाल लगायत संस्थाबाट प्राप्त भएको नेता कुँवरले बताए । विद्यार्थी नेता तथा  आध्यात्मिक व्यक्तित्व कुँवरकै नेतृत्वमा विगत १ हप्तादेखि जिल्ला अस्पताल, बयालपाटा अस्पताल, बैद्यनाथ वेद विद्या आश्रम, साँफेबगर नगरपालिका, चौखुट्टे प्रहरी चौकी, देवीस्थान स्वास्थ चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

मंगलवार माक्स १ हजार वटा, स्यानिटाइजर सानो–ठूलो, ग्लोभ्स, पीपीई सेट ५ वटा, थर्मागन, अक्सिमिटर, मेडिकल किट हस्तान्तरण गरिएको कुँवरले बताए ।

अछाममा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री रोटरी क्लब, नेपाल मानव धर्म सेवा समिति, आर्ट अफ लिभिङ, हेल्प नेपाल, एक एक पाइल फाउन्डेसन लगायतले सहयोग गरेका कुँवरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्