१२ असार २०८३, शुक्रबार

यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते

राप्ती राजमार्गको सल्यान दाङ सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौरमा बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अंकित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, शोही ठाँउका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेका छन् ।
 ।

यस्तै बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, शोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेको  अस्थाई ट्राफिम प्रहरी महेश खड्काले जानकारी दिए ।  
घाइतेहरु सबैलाई अञ्चल अस्पाल तुलसीपुरमा उपचार भई रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्