०४ असार २०८३, बिहीबार

सात वर्षको छोरोलाई फोन खेल्न दिएको, डुबाइदियो २ लाख रुपैयाँ !

असार १६, २०७८
सात वर्षको छोरोलाई फोन खेल्न दिएको, डुबाइदियो २ लाख रुपैयाँ !

आजभोलि स्मार्टफोन जसले पनि उपयोग गरिरहेको हुन्छ । 

बेलायतमा एक पिताले सात वर्षको छोरोलाई आफ्नो आईफोन खेल्न दिँदा छोरोले गेम खेल्दा खेल्दै २ लाख रुपैयाँ उडाइदिएको छ । 

पिताको अन्लाइन बैंक अकाउन्टबाट गेमको परचेज अप्सन युज गरेर छोरोले दुई लाख रुपैयाँको ट्रान्जाक्सन गरेको हो । 

बालक आफ्नो बुवाको आईफोनमा ड्रागन्स : राइज अफ द बर्क खेलिरहेको थियो । त्यसक्रममा उसले दुई लाख रुपैयाँको बिल उठाइदियो । 

उसले गेम इन याप किनेको थियो । मातापिता १८ सय डलरको बिल आएपछि झसंग भएका थिए । उक्त गेमको इन परचेज अप्सन अधिकतम १३८ डलर छ । 

बिल तिर्नका लागि पिताले टोयोटा आइगो कार बेच्नुपरेको छ । यस विषयमा उनले एप्पलको स्टोरमा पनि उजुरी दर्ता गरेका छन् । 

उजुरी दर्ता गरिएपछि पिताले २८७ डलर रिफन्ड पाएका थिए । इन याप खरिदका लागि बालकले कसरी अथेन्टिकेसन पास गरेको भन्ने खुलेको छैन । त्यसका लागि अकाउन्ट पासवर्ड वा बायोमेट्रिक उपयोग गर्नुपर्ने हुन्छ । 
 

याप्पलले १३ वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि आस्क टु बाई फीचर डिफल्ट अन भएकाले यो समस्या आएको बयान जारी गरेर बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्