०१ असार २०८३, सोमबार

नेपाल-भारत सीमामा चिनियाँ ड्रोन सहित ३ जना पक्राउ

असार १६, २०७८
नेपाल-भारत सीमामा चिनियाँ ड्रोन सहित ३ जना पक्राउ

नेपालसँगको सीमामा रहेको भारतको बिहारस्थित पूर्वी चम्पारणमा आठवटा चिनियाँ ड्रोन बरामद गरिएको र तीनजनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले मंगलवार जानकारी दिएका छन् । 

गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएको सन्दर्भमा यो घटना सार्वजनिक भएको हो । 

भारतको सशस्त्र सीमा बलले शनिवार एउटा सेतो कार रोकेको अनि त्यसमा बेग्लाबेग्लै बाकसमा आठवटा ड्रोन क्यामरा पाइएको सई दयानन्द कुशवाहाले बताए । 

‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन् । हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौं,’ कुशवाहाले बताए । 

पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन् । 
 

कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीनैजनालाई जेल पठाइएको बताए । 

ड्रोन क्यामरा विवाहको शूटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए । तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्