१५ असार २०८३, सोमबार

क्रिकेटमा कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार

असार १६, २०७८
क्रिकेटमा कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार
प्रतिकात्मक तस्वीर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरियतामा भूर्तेल ६०औं स्थानमा तथा मल्ल ९२औं स्थानमा रहेका छन् ।

यसअघि भूर्तेल ६१औं तथा मल्ल ९४औं स्थानमा थिए ।

आईसीसीले जारी गरेको वरियतामा नेपालबाट भूर्तेल र मल्लसहित ४ खेलाडी समेटिएका छन् । वरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् ।

पछिल्लो वरियतामा खड्का ८८औं स्थानमा रहेका छन् । लामिछाने ७६औं स्थानमा रहेका छन् । नयाँ वरियता अनुसार टी–२० क्रिकेटमा नेपाल १३औं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्