आजकल सामाजिक सञ्जालको लतले मानिसहरू आक्रान्त छन् । जतिखेर पनि स्मार्टफोनमा झुण्डिएर बस्नेको जमात बढिरहेको छ ।
सामाजिक सञ्जालमा च्याट गर्ने बानी त लगभग सबैलाई लागेको हुन्छ ।
तर च्याट गर्ने पनि निश्चित ठाउँ हुन्छ ।
हुँदाहुँदा एकजनाले शावरमा नुहाउँदा समेत च्याट गरेको तस्वीर सार्वजनिक भएको छ । नुहाउँदै ती व्यक्तिले ह्वाट्सयापमा च्याट गरिरहेका छन् ।
शायद प्रेमिकासँगको च्याट उनले मिस गर्नै नसकेका होलान् ।
साँँच्ची उनको यो फोटो खिच्यो चाहिँ कसले ?
जे होस्, तस्वीर अहिले भाइरल भइरहेको छ ।