०९ असार २०८३, मंगलबार

नुवाकोटमा बसबाट खसेर एकको मृत्यु

कात्तिक २०, २०७४
नुवाकोटमा बसबाट खसेर एकको मृत्यु


नुवाकोट, २३ जेठ - विदुर नगरपालिका–१३ स्थित डेउडीमा आज बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट मेघाङ गाउँपालिका–५ झार्लाङका ४६ वर्षीय श्याम थापा रहेको प्रहरीले जनाएको छ ।

त्रिशूलीबाट सामरी जाँदै गरेको बा.१ ख ६८३७ नंको बसको ढोकाबाट खसेपछि त्यही बसले ठक्कर दिदाँ गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई कानुनी कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्