०७ असार २०८३, आइतबार

रातभर कमला नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार

रातभर कमला नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार

अविरल वर्षाका कारण धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीवार बिहान सकुशल उद्धार गरेको छ । 

रातको समयमा तरकारी कुर्न गएका उनीहरू नदीमा पानीको बहाव बढेपछि टापुमा फसेका थिए। 

टापुमा मानिसहरू फसेको जानकारी पाएपछि तत्कालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र सुरक्षा बेस रघुनाथपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। 

उद्धार गरिएकाहरू सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्