
राष्ट्रिय सभाको अधिवेशन बिहीवार शुरू भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभा बैठकको पहिलो बैठकको शुरूमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका हुन् ।
पहिलो पत्र राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तार गरेको २०७७ फागुन ११ गतेको पत्र पढेर सुनाइएको थियो ।
माओवादी केन्द्रले सांसदबाट कारवाही गरेपछि टोपबहादुर रायमाझी लगायतले पुनः मन्त्रीको शपथ लिएका थिए ।
सर्वोच्च अदालतले सांसद नभएको व्यक्ति पटक–पटक मन्त्री बन्न नपाउने भन्दै सर्वोच्चले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी लगायत पूर्व माओवादी पृष्ठभूमिका नेताहरू पदमुक्त भएका थिए ।
पुस २६ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढिएको हो । बिहीवारको बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।