
नेकपा एमालेले प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन नहुने बताएको छ ।
राष्ट्रिय सभा अधिवेशन आह्वानको सम्बन्धमा मन्तव्य राख्दै राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता सुमन प्याकुरेलले अहिले कतिपय राजनीतिक दलले निर्दलीयताको वकालत गर्नु गलत भएको बताएका हुन् ।
‘हामीले हरेक राजनीतिक विवाद न्यायपालिकामा लगेका छौं, प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन । कतिपय राजनीतिक दलहरूले निर्दलीयताको वकालत गरिरहनुभएको छ । त्यो दुःखद् छ,’ प्याकुरेलले भने ।
प्याकुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट र लिएको नीति उपयुक्त रहेको दाबी गरे ।