३१ जेठ २०८३, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । 

काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ का ४६ वर्षीय सानुकाजी महतलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमश: १५ दिन कैद र ३५ लाख रूपैयाँ  जरिबाना तथा पाँच दिन कैद र १३ लाख रूपैयाँ जरिबाना गरेको थियो। 

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार २०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारेर पीडितहरूलाई ४८ लाख रूपैयाँको चेक काटेका थिए । 

उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेर महतलाई सजाय सुनाएको थियो । फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्