
पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार १३० जनाको पीसीआर तथा ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः १ हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा देशभर ३३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार १४५ जना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा देशभर ४ हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । संक्रमण निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।