२५ जेठ २०८३, सोमबार

ओलीले बोलाएको बैठकमा किन नजाने भयो माधव समूह ?

ओलीले बोलाएको बैठकमा किन नजाने भयो माधव समूह ?

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधव नेपाल समुह सहभागि नहुने भएको छ ।
बिहीबार बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले एमालेले भोली शुक्रबारको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागीन हुने निर्णय गरेको हो ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले  पार्टी एकतामा हानी पु¥याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको बताए । उनले वार्ता र सहमतिबाट समस्याको समाधान खोज्नुपर्ने पनि बताए । उनले भने, – ‘पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिदैँन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

नेता रावलले एमालेलाई एकताबद्ध बनाउनको लागि सहमतिको प्रक्रियामा औपचारिक वार्ता गरिनुपर्ने र केन्द्रीय कमिटीको बैठक आवश्यक सहमतिका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा बोलाइनुपर्ने  पनि बताए ।
नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटीलाई व्युँताएको थियो । सोही केन्द्रीय कमिटीको बैठक भोलीको लागि बोलाइएको भएपनि माधव नेपाल समुह नजाने भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्