१० असार २०८३, बुधबार

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग
सांकेतिक तस्वीर।

गोर्खा फाउन्डेसन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेसन यूके र नेपालको संयुक्त सहयोगमा ६ लाख बराबर रूपैयाँ बराबरको अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको हो । 

फाउन्डेसनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गरेका हुन्। 

मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैंले खरिद गरेको अक्सिजन सिलिण्डरको संख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताए। 

उनले नगरभित्र रहेका अस्पताल र स्वास्थ्यचौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताए। 

salt training

कमेन्ट गर्नुहोस्