२६ जेठ २०८३, मंगलबार

कोभिशिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने संकेत

असार १९, २०७८
कोभिशिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने संकेत

युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।तर, संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने संकेत गरेको छ । 

संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिशिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो । 

चिकित्सा कार्यालयले कोभिशिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निष्कर्ष निकालेको छ ।  

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ । 

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको संक्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ । 

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिशिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगितामा फेरि आशंका उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्