१२ असार २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरू

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बालुवाटारमा शुरू भएको छ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेपछि शुक्रवार पहिलो दिनको बैठक बसेको थियो ।

पार्टीमा देखिएको विवाद समाधान र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको छ ।

शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई सोमवार साँझसम्म हस्ताक्षर फिर्ता लिने समय दिएको छ ।

एमाले बैठक शुरू हुनुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको थियो । दुवै पक्षका दोस्रो तहका नेता एमाले एकता जोगाउन प्रयास गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्