२९ जेठ २०८३, शुक्रबार

बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु

असार १९, २०७८
बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई शनिवार बिहान १० बजेतिर बाढीले बगाएको थियो । 

बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयवासीले उनलाई व्यापक खोजी गरिएको थियो । खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पोस्टमार्टमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्