२५ असार २०८३, बिहीबार

ओलीको चेतावनी– सर्वोच्चबाट मुद्दाको फैसला हुँदासम्म देउवाको पक्षमा हस्ताक्षर कायम राख्नेहरू एमाले कार्यकर्ता होइनन्

ओलीको चेतावनी– सर्वोच्चबाट मुद्दाको फैसला हुँदासम्म देउवाको पक्षमा हस्ताक्षर कायम राख्नेहरू एमाले कार्यकर्ता होइनन्

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर कायम राख्ने माथि कारबाहीको चेतावनी दिएका छन् ।

पार्टीलाई ढाल्ने उद्देश्यमा लाग्नेहरूलाई छुट नदिइने उनले बताए । 

एमाले केन्द्रीय कमिटी बैठकलाई शनिवार बालुवाटारमा सम्बोधन गर्दै ओलीले देउवाको पक्षमा गरिएका हस्ताक्षर सोमवारसम्म फिर्ता नगर्नेहरू पार्टी कार्यकर्ता हुन नसक्ने बताएका हुन् ।

‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षको नेतृत्वमा बैकल्पिक सरकार बनाउनेमा जजसको हस्ताक्षर रहन्छ । ती पार्टी कार्यकर्ता होइनन्,’ ओलीले भने ।

ओलीले यसो भन्दा केन्द्रीय सदस्यहरुले ताली बजाएका थिए । 

शुक्रवारको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएका हस्ताक्षर सोमवार साँझ ५ बजेसम्म फिर्ता गर्न माधव नेपाल पक्षलाई अल्टिमेटम दिएको थियो ।

ओलीले माधव नेपाल पक्षलाई सहमत गराउन आज दिउँसो ३ बजेसम्म प्रयास गरेपनि त्यो सार्थक बन्न नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्