×

NMB BANK
NIC ASIA

आमिर र किरण किन भए अलग ?

असार १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता आमिर खान र किरण रावले अलग हुने घोषणा गरेका छन् । तर, यो किन भयो ? अहिले उनीहरू कहाँ छन् ? अब के गर्छन् ? यस विषयमा आमिरका घनिष्ट साथी अमीन हाजीले केही कुरा खोलेका छन् ।

Muktinath Bank

आमिर र अमीन करिब २० वर्षदेखिका साथी हुन्। ‘लगान’ र ‘मंगल पाण्डे’मा उनीहरूले सँगै काम गरेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमिर र किरण अलग भएको विषयमा उनले यसो भनेका छन्ः


Advertisment
Nabil box
Kumari

मलाई यो विषयमा पहिलेदेखि सामान्य जानकारी थियो । उनीहरूबीच लकडाउनका क्रममा तनाव शुरू भएको थियो । तर, अवस्था नसम्हालिएपछि उनीहरू यो निर्णयमा पुगेका हुन् । 

Vianet communication
Laxmi Bank

यही वर्षको जनवरी–फेब्रुअरीका बेला मलाई यो विषयमा थाहा भयो । तब मलाई एकदमै नरमाइलो लाग्यो। दुःख लाग्यो । जब मैले उनीहरू दुवैजनासँग कुरा गरेँ, मेरो आँसु निक्लिएको थियो । मैले उनीहरूलाई भनेको पनि थिएँ, यस्तो दिन त नदेखाऊ । तर, आज जे भएको छ, त्यही नै साँचो हो हामीले मान्नैपर्छ ।

म आमिर र किरणलाई धेरै वर्षदेखि चिन्छु । मेरो बिहेको ६ महिना पहिले उनीहरूको बिहे भएको थियो । मैले उनीहरूका साथमा निकै रमाइलो समय बिताएको छु । उनीहरूसँगै काम गरेको छु, चाहे त्यो चर्चित टक शो ‘सत्यमेव जयते’ होस् वा ‘पानी फाउन्डेसन । 

दुवै जना साँच्चै एकदमै राम्रा छन्, मेरो लागि मात्रै होइन सबका लागि । 

आमिर र अमीन

सबैको मनमा अर्को एउटा प्रश्न आउला कि अलग हुने निर्णयको कारण के थियो ? तर, म मान्दिनँ कि उनीहरूबीच ‘क्रियटिभ डिफ्रेन्सेज’ बढ्न लागेको थियो वा ‘मेन्टल फ्रिक्वेन्सी’ नमिल्नेजस्ता केही भएका थिए, जसकारण यति राम्रो सम्बन्धमा दरार आओस् । 

यो थाहा पाएर हैरान पनि हुन सक्नुहुन्छ कि अलग हुने घोषणा गर्ने बेला उनीहरू लद्दाखमा ‘लाल सिंह चड्ढा’को छायांकनमा व्यस्त छन् । 

किरण यो चलचित्रकी निर्माता हुन् । यदि उनीहरूबीच सम्बन्ध बिग्रेको हुन्थ्यो भने यो सम्भव हुन्थ्यो र ? बिलकुलै हुँदैनथ्यो ।

सम्बन्ध टुट्नु कसैको निजी मामला हुन्छ । मलाई लाग्छ सायद आमिरले कामको व्यस्तताका कारण परिवारका लागि समय दिन पाएका थिएनन्, जसकारण यस्तो निर्णय भएको हो । 

कुनै बेला महात्मा गान्धीका छोराको पनि सम्बन्ध राम्रो थिएन । किनकि उनका छोरा भन्थे– तपाईंको साथमा ‘फादर अफ द नेशन’ बन्नका लागि समय छ तर, आफ्नो छोराको बाबु बन्नका लागि छैन ।

अहिले विभिन्न किसिमका कुराहरू आएका छन् । कतिपयले भनेका छन् कि आमिरको जीवनमा अरू कसैको ‘इन्ट्री’ भएको छ, तर यो गलत हो । यदि यसो हुन्थ्यो भने मलाई यसबारेमा जानकारी हुन्थ्यो। किनकि म र आमिर वर्षौंका साथी हौं ।

दुवैको अलग हुने निर्णय आपसी समझदारीमा नै भएको हो । यस्तोमा कुनै एकको तर्फबाट केही पनि बोल्नु उचित हुँदैन । तर, मलाई लाग्छ जिन्दगीले सफल मान्छेहरूकै धेरै परीक्षा लिने गर्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x