
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना संक्रमितको कूल संख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।
सोही अवधिमा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यससँग मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ ।