२६ जेठ २०८३, मंगलबार

कोपा अमेरिकामा मेसीको जादू यथावत, फ्रीकिकमा गरे सुन्दर गोल (भिडियो)

असार २०, २०७८
कोपा अमेरिकामा मेसीको जादू यथावत, फ्रीकिकमा गरे सुन्दर गोल (भिडियो)

कोपा अमेरिकामा आइतवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले फ्रीकिकमार्फत सुन्दर गोल गरेका छन् । 

यससँगै इक्वेडरविरुद्ध अर्जेन्टिनाले ३–० गोल अन्तरले विजय हासिल गरी सेमीफाइनलमा प्रवेश गरेको छ । 

मेसीले टीमका अन्य दुई गोलमा पनि असिस्ट गरेका थिए । खेलका म्यान अफ द म्याच उनी नै साबित भए । 

मंगलवार हुने सेमीफाइनलमा अर्जेन्टिनाको सामना कोलम्बियासँग हुनेछ । 

यस प्रतियोगितामा मेसीले चार गोल गरिसकेका छन् र त्यति नै असिस्ट पनि गरेका छन् । 

अहिलेसम्मको खेल हेर्दा फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त हुने देखिन्छ । यी दुई टोलीहरू आफ्ना विपक्षीलाई प्रभावशाली रूपमा हराउँदै सेमीफाइनलसम्म आइपुगेका छन् । 
 

सेमीफाइनलमा ब्राजिलको भिडन्त पेरुसँग हुने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्