
आइतवार शेयर बजारमा ८.४८ अंकको गिरावट आएको छ ।
यस दिन कारोबार रकम पनि ५ अर्बमा मात्रै सिमित भएको छ ।
आइतवार नेप्से परिसूचक ८.४८ अंकले घट्दै शेयर बजार परिसूचक २८३४.५१ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ०.३३ अंकले घट्दै ५२८.४५ विन्दुमा झरेको छ ।
यस दिन कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन होटल तथा पर्यटन, अन्य तथा मुचुअल फण्ड लगायत अन्य सबै समूहको सूचक ऋणात्मक छ ।